विभिन्न प्रदेशमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिन बाेर्डकाे निर्देशन

  २०७५ मंसिर १७ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब काठमाडौं उपत्यका बाहेक बाँकी विभिन्न प्रदेशहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) लाई निर्देशन दिएको छ । बोर्डले संघीय संरचना अनुसार आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा स्थानीय स्तरमा दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेप्सेलाई उक्त निर्देशन दिएको हाे ।

उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात व्यवसायप्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने बोर्डले बताएको छ । साथै, स्थानीय स्तरको व्यवसायीप्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण हुने छ ।

देशमा संघीय संरचना अनुसार प्रादेशिक सरकार निर्माण भैसकेको र प्राथमिक बजारसंगै धितोपत्रको दोस्रो बजारलाई पनि सोही अनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक भएकाले सो कार्यक्रम गर्न लागेको बोर्डले बताएको छ ।

हाल धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भैसकेको छ । उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर वृद्धि हुने बोर्डले बताएको छ ।

साथै, धितोपत्रको दोस्रो बजार कारोबार सुविधा समेत देशव्यापी रुपमा विस्तार भई समग्र पूँजीबजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.