नेप्से १७ अंकले घट्दा ४५ करोडको सेयर किनबेच, सबैभन्दा बढी नेपाल बैंकको

  २०७५ मंसिर १६ गते १५:२२     विकासन्युज

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिनको बजार पनि खुलेपछि निरन्तर ओरालो लागेर बन्द भएको छ । आइतबारको बजार १७.७३ अंकले घटेर ११३०.६३ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही दिन अघिदेखि केही सुधार भइरहेको देखिएको छ । पछिल्लो समय कारोबार रकम घटेर २०/२५ करोडको सेयर किनबेच हुने बजारमा अहिले दोब्बर कारोबार भइरहेको छ । आइतबारको बजारमा कुल १५६ कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन सबैभन्दा बढी नेपाल बैंक लिमिटेको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । त्यसपछि एनएमबि बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कारोबारमा आएका ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १३९ र जीवन बीमा समूह १०५ अंकले ओरालो लागेका छन् । त्यस्तै, होटल ३३, माइक्रोफाइनान्स २८, जलविद्युत १६, बैंकिङ् १५ र विकास बैंक ११ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् । ट्रेडिङ समूह भने २.९६ अंकले घटेको छ ।

बजारमा सबैभन्दा बढी विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४९ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले आइतबार ७.७९ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.