स्वास्थ्य सेवा विभागमा राज्य मन्त्रीको छड्के, निर्देशक तहकै कर्मचारीद्धारा मनोमानी

  २०७५ मंसिर १२ गते १७:२३     विकासन्युज

काठमाडौं। स्वास्थ्य राज्य मन्त्री डा. सुुरेन्द्र यादवले स्वास्थ्य सेवा विभागमा छड्के गरेका छन् । छड्केका क्रममा विभागका विभिन्न महाशाखाका निर्देशक तहकै कर्मचारीहरुले मनोमानी गरेको पाइएको मन्त्री डा यादवले बताएका छन्।

मन्त्री डा यादवका अनुसार नियम अनुशरण नगरेको, हाजिर नगरेको र लापरबाही ढंगले काम गर्ने गरेको, निर्देशक तहकै कर्मचारीहरुले जथाभावी गरेको देखिएको छ । कतिपय फिल्डमा रहेको कतिपय समय अगावै घर गएको पाइएको छ।

केही कर्मचारी भने समय अगावै निस्कने गरेको भेटिएकोले उनीहरुमाथि थप छानवीन गर्न लागिएको बताए । राज्यमन्त्री यादवले विद्युतीय हाजिरीमा आएको र गएको समय समेत भेटिने भन्दै त्यसको सबै विवरण आफूले लिएर आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.