वायुसेवा निगम बेच्ने/नबेच्ने २ हप्ताभित्र निर्णय हुन्छ: रबिन्द्र अधिकारी

  २०७५ मंसिर १२ गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगममा आर्थिक संकट चुलिदैं गएपछि निगमलाई निजिकरण गर्ने तयारी भैरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी बताएका छन् । वायु सेवा निगम कमाउने संस्था भएकोले सधै घाटामा सरकारले चलाउन नसक्ने भन्दै अधिकारीले निगमलाई साझेदारी संस्थाको खोजी भैरहेको बताएका हुन् ।

‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको लागि ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं मन्त्री अधिकारीले भने ।’

रिर्पोटर्स क्लबमा आयोतित एक कार्यक्रममा उनले वाइड बडी खरिदमा भ्रष्ट्राचार गर्ने जो कसैलाई नछोड्ने समेत बताएका हुन्  । खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो ।

निगमलाई रणनितिक साझेदार खोज्नका लागि फा्इल अघि बढिसकेको छ । वाइड बडी ल्याएपछि निगमको ऋण चुलिएको हो । तर यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोरेको हो । वाइड बडीलाई जापनको नारिता र ओसाकामा उडान भर्ने तयारी भैरहेको छ । आगामी मार्चमा चीनमा समेत उड्नेछ । यो हुँदा २ वटा वाइड बडीले पुग्दैन । अनियमितताको नाममा वायु सेवा निगमलाई कमजोर बनाउन नहुने मन्त्री अधिकारीको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.