शिक्षकसँग वार्ता गर्न मन्त्रालयले बनायो टोली

  २०७५ मंसिर ११ गते १३:३८     विकासन्युज

काठमाडौँ । विभिन्न २६ बुँदे माग राख्दै आन्दोलनमा रहेका शिक्षक महासंघसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेका छन् । मन्त्री पोखरेलले शिक्षक महासंघको माग सम्बन्धि तत्काल छलफल र सम्बोधन गर्न मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता टोली गठन गरेका हुन् ।

वार्ता टोलीले शिक्षक महासंघसँग पहिलो चरणको प्रारम्भिक छलफल समेत गरेको छ । शिक्षा सचिव बरालको नेतृत्वमा रहेको वार्ता टोलीमा सहसचिवहरु बैकुण्ठ अर्याल, बाबुराम पौडेल, सुर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.