दैनिक खानेकुरामा अलि मात्र पनि ध्यान दिने हो भने हामी सजिलै स्वस्थ रहन सक्छौं

  २०७५ मंसिर ११ गते १४:१२     विकासन्युज

काठमाडौं। हरेक मानिस स्वस्थ हुन चाहान्छन्, तर खाने तरिका नमिलेको कारण उनिहरु त्यसमा सफल हुँदैनन्। रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । हामीले हाम्रो दैनिक खानेकुरामा थोरै मात्र पनि ध्यान दिने हो भने हामी सजिलै स्वस्थ बन्न सक्छौं।

चिल्लो पदार्थको प्रयोग ठिक्क मात्रामा गर्ने उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा राम्रो हुन्छ । नुनको प्रयोग सिमित गर्नुपर्छ र आयोडिनयुक्त नुन मात्रा प्रयोग गर्नुपर्छ। नून थपेर खाने बानी छोड्नुपर्छ । फलफुल र सागपात प्रशस्त मात्रामा खानुपर्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खाना जहिले पनि हलुका खाने गर्नुपर्छ। दुध र दुधबाट बनेको परिकार दैनिक रुपमा प्रयोग  गर्नुपर्छ। सधैं सुरक्षित खाना र पानीको प्रयोग गर्नुपर्छ।

जहिले पनि भात मात्र खानु हुँदैन। हरेक दिन बिभिन्न प्रकारको खाना खाने गर्नुपर्छ। पायो भन्दैमा जति पनि खानु हुँदैन। बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । शाकाहारी हुनु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा त्यसले स्वास्थ्यलाई असर गर्दैन। रातो मासुले कोलेस्टेरोल धेरै बढाउँछ त्यसैले सकेसम्म खसी, राँगोको मासु नखाँदा राम्रो हुन्छ। तुलनात्मक रुपमा माछा र कुखुराको मासु खाँदा राम्रो हुन्छ। खोस्टा सहितको खाधान्न खाने गर्नुपर्छ।

उच्च फाइवरयुक्त खानाले मुटुलाई धेरै फाइदा गर्छ । फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ । एकैचोटी धेरै खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले २-३ घण्टाको अन्तरालमा केही न केही खाईराख्नुपर्छ र आहार व्यवस्थापन गर्नुपर्छ ।  चिनी, मिठाई र गुलियो पेय पदार्थको उपभोगलाई घटाउन पर्छ । मधुमेह भएकाहरूले गुलियो खानु हुँदैन । डाइबेटीक डाइट चार्ट अनुसार क्यालोरी हिसाब गरेर खानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.