कञ्चनपुरमा आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै, आवश्यक सामग्री नगरपालिकाको वडाले सहयोग गर्ने

  २०७५ मंसिर ९ गते १७:२४     विकासन्युज

काठमाडौं । पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट एक वर्षको अवधिमै तीन हजार २ सय ६३ जना बिरामीले सेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताएका छन् । जसमध्ये पुरुष एक हजार १५२ र महिला दुई हजार १११ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको असारदेखि हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको सङ्ख्या एक हजार ७०० रहेको छ ।
चाप बढ्दै गईरहँदा पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीको भनाई रहेको छ ।

औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र (बाष्प बाकस)मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरेको जानकारी दिएका छन् ।

यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले एक लाख ५० हजार रकम उपलब्ध गराएको छ ।

बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नु परेको छ ।पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि ११ लाखको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जनाएका छन् ।

औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ ।

चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.