एनएमबि माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने, सेयर मूल्य बढ्यो

  २०७५ मंसिर २ गते १३:२७     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । साथै, संस्थाले कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत अर्थात ११ लाख १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी १४ करोड ८ लाख रुपैयाँ पुग्ने छ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त लाभांश दिने प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

बोनस घोषणा गरेपछि संस्थाको सेयर मूल्य बढेको छ । आइतबार प्रतिकित्ता १२५६ रुपैयाँमा कारोबार शुरु भएको संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता १२८१ रुपैयाँसम्म बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.