सास गन्हाएर हैरान हुनुहुन्छ ? छुटकारा पाउन बेकिङ सोडा यसरी प्रयोग गर्नुस्

  २०७५ कार्तिक २६ गते १७:००     विकासन्युज

काठमाडौं। धेरै मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। दाँतलाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्। यसले गर्दा अरुको अगाडी गएर निस्फिक्री कुरा गर्न नसकिने वा अरुले पनि तपाईंलाई त्यति धेरै मन नपराउने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ। यदि सहनै नसक्ने गरि सास गनाउँछ भने डाक्टरसंग सल्लाह लिएर उपचार गराउनु बेस हुन्छ।

तर कतिपय अवस्थामा आफ्नै लापरबाह वा मुखको राम्रो सफा नगर्नाले यस्तो समस्या आउँछन्। सास गनाउने समस्या रोक्न यस्ता घरेलु चिजहरु छन् जुन प्रभावकारी र अचुक औषधी सावित भइसकेको छ। यस समस्या बाट छुटकारा पाउन बेकिंग सोडा एक अचुक औषधी हो जसले सास गन्हाउने समस्यालाई पूर्ण रुपमा हटाउँछ। तल दिएका विधी अप्नाई सास गनाउने समस्याबाट बच्नुहोस्

१. बेकीङ सोडाले मुख पखाल्ने: आधा कप पानीमा सानो चम्चा को आधा बेकीङ सोडा राख्ने। बेकीङ सोडालाई पानीमा घोलिसकेपछी मुखमा राखेर भित्र वरिपरी पुर्याउने। त्यसपछि पानीलाई फाल्ने र मुख राम्ररी पखाल्ने।

२. बेकीङ सोडाले ब्रस गर्ने: थोरै बेकीङ सोडाको पाउडरलाई कचौरामा राख्नुहोस्। अब थोरै मात्रा ब्रसमा लिएर दैनिक ब्रस गरे जसरी नै दाँतलाई माझ्नु होस्। यसरी ब्रस गरिसकेपछि मुखलाई राम्ररी पखाल्नुहोस्।

३. बेकीङ सोडा र कागतीको रस: सानो एक चम्चा बेकीङ सोडा र कागतीको रस लिने। आधा कप जति पानीमा बेकीङ सोडा र कागतीको रस मिसाउने। यी तीनओटै चिज मिक्स गरेपछि यस पानीलाई मुखमा राखेर १ वा २ मिनेटको लागि गर्गल गर्ने।

यस विधिलाई बिहान, दिउसो र राती गरि तीन पटक सम्म प्रयोग गर्न सक्नुहुनेछ। यसो गर्नाले तपाईंको सास गन्हाउने समस्या १ देखि २ हप्ता भित्र देखि नै कम हुँदै जान्छ र निरन्तर यस विधिलाई अपनाउनु भयो भने पूर्ण रुपमा छुटकारा पाउनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.