सफ्टवेयरदेखि ट्वाइलेट यात्रामा बिल गेट्स, ६ बिलियन डलरको चर्पी बेच्ने योजना

  २०७५ कार्तिक २६ गते १२:१७     विकासन्युज

काठमाडौं । विल गेट्सका लागि पछिल्लो समय ट्वाईलेट(चर्पी) एउटा गम्भीर व्यापार सावित भैरहेको छ । बिल गेट्स फाउण्डेसनले चर्पीमा नयाँ क्रान्ति गरेको छ जसले पानी र केमिकल बिनै चर्पीको मलमुत्रलाई निर्मलीकरण गरिदिन्छ ।

गेट्सले बेइजिङमा आयोजित रिइन्भेन्टिड ट्वाइलेट एक्स्पोको उद्घाटन गर्दै संसारका आधा भन्दा बढी मानिसहरु सुरक्षित चर्पीको पहुँच बाहिरै रहनु दुःखद भएको टिप्पणी गरे ।

उनले चर्पीको पहुँच भन्दा बाहिर रहेको बहुसंख्यक मानव जातिको हिस्सालाई नयाँ बजारका रुपमा उपयोग गर्ने रणनीति पनि सार्वजनिक गरे ।

गेट्सले भनेका छन्–‘मान्छेको थोरै मलमुत्रमा २०० ट्रिलियन रोटाभाइरस, २० बिलियन शिगेल्ला ब्याक्टेरिया र १ लाख गड्यौलाका अण्डा हुन्छन, यिनले मानव स्वास्थ्यमा ठूलै प्रभाव पार्छ ।’

बर्षेनी पाँच बर्ष मुनीका पाँच लाख बालबालिकाहरु कमजोर सरसफाईका कारण मृत्युको शिकार भैरहेको र त्यसको मूल्य २२३ बिलियन डलर पर्ने तथ्य पनि बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

गेट्सले ढलमार्फत जम्मा हुने मानव मलमुत्र र अन्य फोहरहरु शहर छेउ तथा नदि आसपासमा डम्पिङ हुने गरेको तर त्यसको निर्मलीकरणमा खासै ध्यान नदिँदा धेरै रोग फैलने गरेकोमा पनि विश्व समुदाय सचेत हुनुपर्ने बताएका छन् ।

नयाँ चर्पीहरु दक्षिण अफ्रिकाको दर्बान शहरमा परिक्षण भैरहेको पनि उनले जानकारी दिएका छन् । उनले सन २०३० सम्ममा चर्पीको बजार ६ बिलियन डलर पुर्याउने लक्ष्य समेत रहेका छन् । चर्पीको पहुँच नपुगेका गरिब देशका ग्रामिण वस्तीका अलवा भारतको मध्यम वर्ग र चीनको ग्रामिण क्षेत्र नै आफुले निर्माण गरेका चर्पीहरुका लागि पहिलो चरणको बजार भएको स्पष्ट पारेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि २७ प्रतिशत मानिसमा मात्रै चर्पीको पहुँच विस्तार भएको दावी गरेको छ । संसारमा १० जना मानिसमध्ये ३ जनामा मात्रै चर्पीको पहुँच पुगेको छ ।

गेट्स फाउण्डेसनले सन २०११ देखि नयाँ प्रविधीको चर्पीको विकासका लागि २०० मिलियन डलर खर्च गरिसकेको छ र गेट्सले थप २०० मिलियन डलर खर्च गर्ने सोच बनाएका छन् । गेट्सले आगामी ४ बर्षभित्र घरमा प्रयोग हुने चर्पीको लागत प्रति व्यक्ति प्रतिदिन ४ सेन्ट कायम हुने दाबी गरेका छन् ।

विश्व बैंक, एसियाली विकास बैंक, अफ्रिकन डेभलपमेन्ट बैंकले चर्पीको विकास र विस्तारका लागि २.५ बिलियन डलर लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।-एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.