कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन, दुईवटा विषयको परीक्षा हुने

  २०७५ कार्तिक २५ गते १६:०८     विकासन्युज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब सी ग्रेड ल्याउने बिद्यार्थीले पनि उक्त परीक्षामा सामेल हुन पाउने छन् । त्यस्तै यहि असोज २० गते प्रकाशित नतिजामा कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन् ।

परीक्षा दिन चाहने परीक्षार्थीले यही मङ्सिर १६ गते भित्रमा सम्बन्धित कार्यालयमा नियम अनुसारको शुल्क सहित आवेदन फारम बुझाउनु पर्नेछ । परीक्षा मिति र परीक्षा केन्द्र पछी तोकिने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।

यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था थिएन । तर सम्बन्धित विषयमा साे ग्रेडमात्र प्राप्त गर्नेले अर्काे तहमा पढ्न नपाउने भएपछि बाेर्डले साे बाटाे खुला गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.