गुहेश्वरी मर्चेण्ट बैंकिङ्गका अध्यक्ष श्रीमान श्रेष्ठद्धारा शपथ ग्रहण

  २०७५ कार्तिक १९ गते १७:३९     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष श्रीमान श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट शपथ लिएका हुन् ।

साथै, संचालक सरोजनी श्रेष्ठ, रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र राजेश मानन्धरले अध्यक्ष श्रीमान श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

संस्थाको १७औँ वार्षिक साधारण सभाबाट संचालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट तथा डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.