मुटूरोग पत्ता लगाउने नयाँ प्रविधी भित्रिदै, घरमै बसेर प्रयोग गर्न सकिने

  २०७५ कार्तिक १८ गते १७:४६     विकासन्युज

काठमाडौं। स्वास प्रश्वासमा धिमा गती हुने लक्षण पछि अस्पताल आईपुग्दासम्म विरामीको उपचारको लागि धेरै ढिला भइसकेको हुनसक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउने नयाँ प्रविधी बजारमा आउन लागेको छ।

बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने गर्दछ । जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ,  तब स्वास प्रश्वासको तथा अन्य कारणले फोक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भईसकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधि फोक्सोमा भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थाहा पाउन सकिन्छ । जसको सहयोगमा सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ । हरेक मुटू रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगीनु पर्ने कुरामा विशेष जोड दिनपर्छ।

भारत सरकारबाट पंजाब रत्नको उपाधीबाट सम्मानित भईसकेका विश्वविख्यात हृदय रोग विशेषज्ञ डा. रजनिश कपुर  जटिल हृदय सम्बन्धि कार्यशाला गर्न नेपाल आएका थिए। उनको भनाई अनुसार सबै व्यक्तिहरु हृदयधातका कारण मर्दैनन् प्रायजसो ह्दय रोगका विरामीहरु हृदयले राम्रो संग रगत प्रवाह नगर्ने समस्याका कारण पिडीत छन् ।

उनले हरेक मनिसले तनाव रहित जीवनशैलि बाँच्नको लागि प्रसस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने प्रसस्त झोलिलो पदार्थ पिउने, पर्याप्त मात्रा सुत्ने र तनाव रहित जीवन जिउनुपर्ने कुराको जोड दिएका छन् ।

अध्ययन अनुसार प्रत्येक बर्ष नेपालमा ४ मध्ये १ जना मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको बृद्धिले गर्दा  २०३० सम्ममा यसले  मृत्यु दरको ३५% ओगटने अनुमान गरिएको छ

हृदय रोग बृद्ध उमेरका मानिसहरुमा बढि प्रभावित हुन्छन र मधुमेह र मोटोपनाको कारण पनि हृदयरोगको व्यापक बृद्धि भइरहेको छ भनेर डा. कपुरले भन्नु भएको छ । हृदय रोगको मूत्यु दर कम गर्नको लागि आधुनिक उपचार विधिद्वारा मेदान्त अस्पताल सधैनै प्रथम स्थानमा छ र रहिरहने छ भनेर डा.कपुरले भनेका छन्।

एफ. एफ. आर. प्रविधिको प्रयोगले अनावश्यक स्टेन्टिङ रोक्दछ । २१ औं सताब्दीको नविनतम प्रविधि जसलाई ओसिटी हो र जसले स्टेन्ट्स हरुको सहि व्यवस्थापन गर्न सहायता गर्छ जसले गर्दा शत प्रतिशत मुटुमा रगतको प्रवाह गरी र उपचारमा ५ गुणासम्म दक्षता ल्याउँछ । वाईपास सर्जरी गरी जोखीमपूर्ण भएका विरामीहरुमा यो ज्यादै उपयोगी छ भनेर उनी भन्छन्।

मिनिएचर प्रविधिको हृदय रोगीहरुका लागि एक वरदान हो भनेर डा. कपुर भन्छन् यस प्रविधिमा विरामीको विभिन्न हृदयको चेम्बरहरुमा थुप्रै सेन्सरहरु सटिक रुपमा राखिन्छ जसले मुटुको समन्वय बढाउँछ यी सेन्सरहरुले रगतमा अक्सीजनको मात्रा, शारिरिक गतिविधि, शरिरको तापक्रम, एडे«नलाइन र हार्मोनका स्तरलाई अनुगमन गरेर यसलाई स्वस्थ मुटुको गति सरह चलाउन मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.