नबिल बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा ३० प्रतिशत छुट

  २०७५ कार्तिक १६ गते १४:५७     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले नर्भिक नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले नर्भिक वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३० प्रतिशतको विशेष छुट पाउने भएका छन् ।

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अस्पतालको उपचार सेवामा विशेष छुट सुविधा पाउने गरि दुई संस्थाबीच सम्झौता भएकोे हो । उक्त सम्झौता बमोजिम बैंकका ग्राहकले प्याथोलोजी, रेडियोलोजी सीटी/एमआरआई स्क्यान, म्यामोग्राम, कारडियस नन इनम्यासिभ एस्जामिनेसनस्, सर्जिकल चार्ज लगायत शल्यक्रिया शुल्कहरुमा १० प्रतिशत छुट पाउने छन् ।

साथै, ग्राहकले अस्पताल भर्ना हुँदा लाग्ने बेड चार्जमा ५ प्रतिशतको छुट पाउने भएका छन् ।

साथै, आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीवद्ध शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.