पाँच बर्षमा विश्व बैंकले २६३ अर्ब लगानी गर्ने, यस्ता हुनेछन् उपलब्धि

  २०७५ कार्तिक १६ गते ११:०८     विकासन्युज

काठमाडौं । विश्व बैंक समुहले आगामी पाँच बर्षभित्र नेपालमा २६३ अर्ब रुपैंयाँ खर्च गर्ने भएको छ । विश्व बैंक समुहले तयार पारेको कन्ट्री पार्टनरशिप फ्रेमवर्क २०१९–२३ अवधीमा २३ वटा प्रोजेक्ट मार्फत सो मात्रामा लगानी गर्न लागेको हो ।

जस अन्तर्गत शिक्षाका ४ परियोजनामा ५३ करोड १० लाख डलर, कृषिका ४ परियोजनामा ४९ करोड ८० लाख डलर र उर्जाका ५ परियोजनामा ३४ करोड २० लाख डलर खर्च गर्नेछ । बाँकी रकम भने सडक , खानेपानी, शहरी विकास लगायतका पूर्वाधारमा लगाईने विश्व बैंक ग्रुपले जनाएको छ ।

यस्ता छन् अपेक्षित उपलब्धि
आगामी पाँच बर्षपछि अर्थात सन २०२३ मा ९० प्रतिशत करदाताको सूचना वास्तविक समयमै प्राप्त हुने प्रणाली लागु गर्ने बताएको छ ।
त्यस्तै, सातै प्रदेशमा लैंगिक समावेशी बजेट तर्जुमा हुने, २५ जिल्लामा जनसंख्याको दर्ता विद्युतिय प्रणालीबाट हुनेछ ।
त्यस बाहेक ५ लाख नागरिकमा आधुनिक विद्युतको पहुँच पुग्ने, ८५ प्रतिशत पुलहरु राम्रो अवस्थामा हुनेछ ।

११ हजार साना उद्योग, ५ सय कृषक समुह र ६० हजार नागरिकहरुको वित्तिय पहुँच अभिवृद्धि हुनेछ । दिर्घकालिन पूँजी लगानीको क्रम १५ प्रतिशतले वृद्धि हुनेछ भने बजार पूँजीकरण ७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको योजना छ । निश्चित सिमा नाकाहरुबाट समान ढुवानीको समय सिमा २.३ दिनबाट घटेर १.५ दिनमा झर्नेछ । त्यस्तै, तोकिएका गन्तव्यहरुमा पर्यटकहरुको आगमन २० प्रतिशतले वृद्धि भैसक्ने प्रक्षेपण छ ।

विद्यालयको पहुँच बाहिर रहेकामध्ये २० प्रतिशत बालबालिका(५ देखि १६ बर्ष)लाई विद्यालयमा भर्ना गराइनेछ भने ११ लाख ८२ हजार घरधुरीमा खानेपानी तथा सरसफाईको सुबिधा विस्तार गराउनेछ । ७ लाख ५० हजार नागरिकमा आधुनिक स्वास्थ्य सेवा विस्तार हुने र ६ लाखलाई समाजिक सुरक्षा भत्ताको दायरामा ल्याइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.