भेरी बबई डाइभर्सनको बाँध र विद्युतगृह बनाउने काम अघि बढ्यो, थप १६ अर्ब लगानी चाहिने

  २०७५ कार्तिक १६ गते १०:००     विकासन्युज

काठमाडौं । सुरुङ खन्ने खन्ने काम जारी रहेको भेरी–बबई डाइभर्सन बुहउद्धेशिय परियोजनाले बाँध र विद्युतगृहको काम पनि अघि बढाएको छ । परियोजनाले सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युतगृह र सिंचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो ।

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम अघि बढाउनका लागि ठेकेदार कम्पनीको पुर्वयोग्यता छनौट (पीक्यु) को काम अघि बढाएको छ । १५ दिनभित्र सूचना प्रकाशित गरी आब्हान गरिने आयोजना निर्देशक सञ्जिब बरालले बताए । पीक्युको काम सकिएपछि आयोजनाको सिभिल संरचना बनाउन अन्तर्राष्ट्रिय बोलपत्र आब्हान गरिने उनले जानकारी दिए । बाँध, विद्युतगृह र सिंचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने उनको भनाई छ । ४ महिनाभित्र ३ वटा प्याकेजको कामका लागि बोलपत्र आब्हान गरिने उनले जानकारी दिए ।

सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युतगृह लगायत सिंचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । आयोजनाको सम्पुर्ण काम आर्थिक वर्ष ०७९÷०८० मा सम्पन्न हुने बरालले बताए । तीन वटै प्याकेजका लागि डिजाइन तथा टेण्डर डकुमेन्ट तयार पारी सिंचाइ विभागमा पेश गरिएको छ । विभागबाट स्वीकृत हुनसाथ काम अघि बढने छ । ३ वटा प्याकेजको काम सक्न थप १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । यस्तै सिंचाइअन्र्तगत ५१ हजार हेक्टर मध्ये ३६ हजार हेक्टरका लागि बबइ सिंचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचा बनाउनु पर्नेछ ।

यस्तै काम सुरु भएको १ वर्षमा आयोजनाको ७१ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम आउदो चैतभित्र सकिने भएको छ । आयोजनाको १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै ९ किलोमिटर खन्ने काम सकिएको छ ।

अब करिब ३ किलोमिटर सुरुङ मात्र खन्न बाँकी छ । जमिनमा कुनै समस्या आएन भने चैतभित्रै सुरुङको काम सकिने निर्देशक बरालले बताए । उनले निर्धारित समय भन्दा १ वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने जानकारी दिए । सन् २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोवेक) ले तिब्र गतिमा काम गरिरहेको यो संभव भएको उनले सुनाए । आयोजनाको सुरुङ खन्ने काम एक वर्षअघि सुरु भएको हो ।

सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) ले गरिरहेको छ । आयोजनाको रेडजोन (खतरा क्षेत्र) पार गरेकाले निर्धारित समयभन्दा अगावै सुरुङको काम सकिन लागेको हो । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.