पर्यटनमा पनि प्रदेश ३ नै सबैभन्दा धनी, कुन प्रदेशमा कति पर्यटकीय गन्तव्य ? (सूचिसहित)

  २०७५ कार्तिक १६ गते ९:०९     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका १०० पर्यटकीय गन्तव्यको सूचि सार्वजनिक गरेको छ । मन्त्रालयले विहीबार सार्वजनिक गरेको उक्त सूचिमा देशका सातै प्रदेशमा रहेका ७७ वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरु समेटिएका छन् । सार्वजनिक गरिएका उक्त पर्यटकीय गन्तव्यको सूचिमा प्राकृतिक, धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका सम्पदाहरु छन् ।

मन्त्रालयले उक्त सम्पदाहरुलाई स्थापित एवं प्रवर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गरिनुपर्ने गन्तव्य गरी दुई भागमा विभाजन गरेको छ ।

स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यहरुमा प्रदेश नम्बर १ मा १४ ओटा, प्रदेश २ मा ४ ओटा, प्रदेश ३ मा २४ ओटा, गण्डकी प्रदेशमा २२ ओटा, प्रदेश ५ मा १६ ओटा, कर्णाली प्रदेशमा १५ ओटा र प्रदेश ७ मा १० ओटा छन् । त्यस्तै, नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुमा प्रदेश १ मा १७ ओटा, प्रदेश २ मा ८ ओटा, प्रदेश ३ मा १७ ओटा, गण्डकी प्रदेशमा १८ ओटा, प्रदेश ५ मा १७ ओटा, कर्णाली प्रदेशमा १२ ओटा र प्रदेश ७ मा १० ओटा छन् ।

पहिचान गरिएका गन्तव्यको स‌ंख्याका अाधारमा प्रदेश ३ सबैभन्दा बढी पर्यटकीय स्थल भएकाे प्रदेश बनेको छ । उक्त प्रदेशमा स्थापित एवं प्रवर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गरिनुपर्ने गरी कुल ४१ अाेटा स्थल पहिचान भएका छन् । सबैभन्दा कम पर्यटकीय स्थल प्रदेश २ मा १२ अाेटा छन् ।

आर्थिक वर्ष २०७५/७६ को बजेटले देशभरका विभिन्न पर्यटकीय गन्तव्यहरुको पहिचान गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाउने लक्ष्य लिइएअनुरुप मन्त्रीस्तरीय निर्णयद्धारा उक्त सूचि सार्वजनिक गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्त्रालयमा प्रवक्ता सहसचिव घनश्याम उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तीमा पहिचान गरिएका गन्तव्यको उचित प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ ।

सूचि हेर्न यहाँ क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.