अब एनआईसी एशियाको बैंक खाता घरबाटै खोल्न सकिने, विभिन्न सेवामा २०% छुट

  २०७५ असोज ३० गते १५:१२     विकासन्युज

काठमाडौं । अब घरैमा बसी एनआईसी एशिया बैंकको बैंक खाता खोल्न सकिने भएको छ । बैंकले लाइनमा बसी रहन नपर्ने र झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सक्नेछन् । जस अन्तर्गत भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ् तथा इन्टरनेट बैंकिङ सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको उक्त खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले संचालनमा ल्याएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.