कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खाेल्न ७० प्रतिशत सरकारी अनुदान

  २०७५ असोज २७ गते १४:४१     विकासन्युज

काठमाडौं । कृषि उपजको व्यवसायीक र बजारीकरणका लागि सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्नेलाई ७० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले लागत सहभागिताका आधारमा क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रबाट प्रस्ताव आब्हान गरेको छ । उद्योग स्थापना गर्न चाहाने उद्योगीले ३१ दिनभित्र शिलबन्दी प्रस्ताव आब्हान गरेको छ ।

कृषि उपजको उत्पादनपछिको क्षति न्युनिकरण, गुणस्तर प्रवद्र्धन, व्यवसायिक तथा औद्योगिक उत्पादन र बजारिकरणमा सहयोग पुर्याउन परियोजनाले उद्योग स्थापना गर्नका लागि अनुदान दिने तयारी गरेको हो ।

मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पहिलो चरणमा काभ्रे जिल्लामा प्रतिस्पर्धाका आधारमा अनुदान सहयोग गरेर उद्योग स्थापना गर्न लागेको हो । उद्योगीले ३० प्रतिशत स्वपुँजी लगानी गर्नुपर्ने छ । सो लगानी कम्पनीको जग्गा र चालुखर्चमा समावेश गर्न नपाइने भएको छ ।

उद्योग स्थापनाको अवधि, क्षमता र प्रकृतिअनुसार बढीमा २ वर्षको हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । उद्योग स्थापना गर्न आवश्यक जग्गा सञ्चालकको आफनै हुनुपर्ने भएको छ । उद्योग स्थापना हुने प्रस्तावित जग्गामा सडक, बिजुलीलगायत पुर्वाधार तयार हुनुपर्ने परियोजनाले जनाएको छ ।

उद्योगलाई अनुदान दिन छनौट गर्दा प्रतिस्पर्धाका आधारमा मूल्याँकन गरिने भएको छ । उद्योगीले प्रस्ताव गर्ने व्यवसायिक योजनामा कार्यविधिले तोके बमोजिम न्युनतम उत्तिर्ण अंक सहित कम्तिमा ७० प्रतिशत अंक प्राप्त गर्नुपर्ने परियोजनाले जनाएको छ ।

कृषि उपजको उत्पादनपछिको क्षति न्युनिकरण, गुणस्तर प्रवद्र्धन, व्यवसायिक तथा औद्योगिक उत्पादन र बजारिकरणमा सहयोग पुर्याउन परियोजनाले उद्योग स्थापना गर्नका लागि अनुदान दिने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.