एभरेष्ट बैंकका कार्ड होल्डरले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने

  २०७५ असोज २६ गते १८:२९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैक लिमिटेडका ग्राहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरको सेवा प्रयोग गर्दा विशेष छुट पाउने भएका छन् । शुक्रबार दुई संस्थाबीच बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुलाई छुट दिने सम्बन्धी एक संझौतामा हस्ताक्षर भएको छ ।

सो संझौता अनुशार एभरेष्ट बैकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउनेछन् ।

यस सम्बन्धि संझौतामा बैकका अफिसीयल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.