तेह्रथुमको पिप्लेमा पहिलो पटक बस पुग्यो

  २०७५ असोज २४ गते १२:०३     विकासन्युज

काठमाडौं। म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए।

मङ्गलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो । दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए। गाउँसम्मै दैनिक बस पुग्न थालेपछि गाउँबाट बजार आवतजावत तथा पूर्वी तराईसम्म जान सहज हुने भएको छ ।

सदरमुकाम नजिकै रहेको पिप्लेमा वर्षौअघिनै सडक निर्माण भए पनि हालसम्म बस सेवा पुगेको थिएन । वर्षाले क्षतिग्रस्त सडक मर्मत भएपछि अहिले म्याङलुङबाट फेदाप गाउँपालिकाको इसिबुसम्म, जिरीखिम्तीबाट मोराहाङसम्म र छथर गाउँपालिकासम्म पनि दैनिक बस सेवा सञ्चालन भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.