स्वदेशी लघुवित्तको सीईओमा चापागाई नियुक्त, मंसिर १ गतेदेखि लागू हुने

  २०७५ असोज २३ गते १४:३६     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गोबिन्द चापागाई नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई आगामी चार वर्षसम्म लागू हुने गरी लघुवित्तको सीईओमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ चापागाईले करार सेवा अनुसार आगामी मंसिर १ गतेदेखि २०७९ साल कात्तिक ३० गतेसम्म संस्थाको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने कम्पनी सचिव अशोक सुवेदीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.