फाइनान्स कम्पनीको खराब कर्जाः थोरै आईसीएफसी र धेरै सीटी एक्सप्रेसको(सूचिसहित)

  २०७५ असोज २१ गते १७:४३     विकासन्युज

काठमाडौं । फाइनान्स कम्पनीहरुको खराब कर्जा शत प्रतिशतसम्म देखिएको छ । नेपाल राष्ट्र बैंकले संकटग्रस्त सुचिबाट मुक्त गरेका र नयाँ लगानीकर्ताको प्रवेशपछि पुनः सञ्चालनमा आएका फाइनान्स कम्पनीको खराब कर्जा धेरै देखिएको छ ।

सबैभन्दा बढी खराब कर्जा हुनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड छ । उसको खराब कर्जा १०० प्रतिशत अर्थात ४ करोड ४ लाख रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गत असारसम्मको वित्त कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै सञ्चालनमा रहेको २० फाइनान्स कम्पनीको खराबकर्जा औसत २.९१ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । यी मध्ये ४ वटा कम्पनीको खराबकर्जा बढी देखिएको छ । ४ वटा फाइनान्सले खराब कर्जा बढाएका छन् ।

सिटी एक्सप्रेसपछि खराब कर्जा बढी हुनेमा ललितपुुर फाइनान्स लिमिटेड रहेको छ । ललितपुरको खराबकर्जा ६२.४३ प्रतिशत छ । ललितपुर फाइनान्सको ४६ करोड ७५ लाख रुपैयाँ कर्जा उठन बाँकी छ । यसैगरी वेष्ट फाइनान्सको ४९.२९ प्रतिशत खराब कर्जा छ । २ वर्षअघि पुनःसञ्चालनमा आएको वेष्टले खराबकर्जा घटाउदै लगेको छ । सिनर्जी फाइनान्स लिमिटेडको १८.३३ प्रतिशत खराब कर्जा छ ।

सबैभन्दा कम खराब कर्जा हुनेमा आईसीएफसी फाइनान्स लिमिटेड रहेको छ । आईसीएफसीको खराबकर्जा ०.०२ प्रतिशत मात्र छ । यस्तै श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडको ०.१७ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

सञ्चालनमा रहेका २० वटा फाइनान्स कम्पनीको चुत्तापुँजी ११ अर्ब १७ करोड रुपैयाँ छ । प्राथमिक पुँजी १३ अर्ब ४२ करोड, निक्षेप ६१ अर्ब ९८ करोड, कर्जा लगानी ५२ अर्ब ६३ करोड रुपैयाँ छ । उत्पादनमुलक क्षेत्रमा फाइनान्स कम्पनीको लगानी १०.६८ प्रतिशत रहेको छ । यस्तै विपन्न क्षेत्रमा २.९१ प्रतिशत कर्जा लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.