बेल्ड एण्ड रोड इनिसियटिभले साम्राज्यवादीलाई धक्का दिएको छः नेकपा प्रवक्ता श्रेष्ठ

  २०७५ असोज १६ गते ८:४५     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्रज्यवादीहरुको लागि धक्का भएको बताएका छन् । सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै श्रेष्ठले बेल्ट रोड परियोजनामा नेपाल पनि सहयोगी भएको बताए ।

पूर्वउप–प्रधान तथा प्ररराष्ट्रमन्त्री समेत भएका प्रवक्ता श्रेष्ठले नेपाल–चीनको सम्बन्ध सदियौंदेखि एक असल र सफल मित्रता कायम रहदै आएको भन्दै भविश्यमा पनि निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे । पाँचओटा आयामले नेपाल–चीन सम्बन्ध रहेको बताउँदै श्रेष्ठले भने, “चिनियाँ सरकार नेपालमाथि अहस्थक्षेपकारी नीतिमा अडिग र¥यो, असल छिमोकीको ब्यवहार, चीनको भौगोलिक तथा भू–राजनीतिक अवस्थाअनुसार नेपाललाई स्वाभिमानी बन्न सहयोग, विगतदेखि एक धुर्बिय साम्राज्यवादी धारविरुद्ध बलियो शक्तिका रुपमा खडा हुनु तथा विश्व राजनीतिक अवस्थामा एक फरक पहिचान स्थापित गर्न चीन सफल भएको छ ।” उनले चीनले मालेमावादी विचार र आदर्शले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने सम्भावनालाई मुर्तता दिएको बताए ।

आफ्नो पछिल्लो चीन भ्रमणबारे जानकारी गराउँदै नेता श्रेष्ठले सो भ्रमण निकै सफल रहेको पनि बताए । आफुले चिनियाँ कम्युनिष्ट पार्टीको सक्षमताको मुल आधार नै राज्य सञ्चालनका सम्पूर्ण अवयवहरुमा कम्युनिष्ट पार्टीलाई केन्द्र बनाउनु र पार्टीलाई मालेमावादी विचार तथा आदर्शले स–शक्त बनाउनु भएको बताउँदै नेता श्रेष्ठले नेपाली कम्युनिष्टहरुको त्यसप्रति कुनै चासो नरहनु चिन्ताको विषय भएको बताए ।
सामाजिक संस्कृतिक विकास तथा भ्रष्टाचार नियन्त्रणमा चीनले चालेको पछिल्लो कदम नेपाललका निम्ति पनि अनुकरणिय भएको तर आफ्ने पर्टी नेतृत्व सरकार उदासिन देखिएको बताउँदै भने, “हाम्रो नेपालमा आफ्नो वरिपरिको भ्रष्टाचारी बाहेक सबैलाई साफ पारिन्छ भन्ने तरिकाले कसरी भ्रष्टाचार उम्मुलन हुन्छ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.