झम्सिखेलमा रहेको चौधरी ग्रुपको होटल व्यवस्थापन ताज ग्रुपले सम्हाल्ने

  २०७५ असोज १५ गते १५:१२     विकासन्युज

काठमाडौं : चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेल स्थित चार तारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्याती प्राप्त ताज ग्रुपले सम्हाल्ने भएको छ । सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालबीच  संझौतापत्रमा हस्ताक्षर भएपछि उक्त होटल ‘भिभान्ता काठमाडौं’का नाममा सञ्चालनमा आउनेछ ।

हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भित्रयाएको हो । ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको छ । यसअघि ताजले चौधरी ग्रुप अन्तर्गतकै विख्यात जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ ।

‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौँ । ताज जस्तो विख्यात ब्राण्डमा होटल संचालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौँ’, ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, ‘हामी नेपालको पर्यटनलाई अर्को तहमा पु¥याउन प्रतिवद्ध छौँ । सोंही सोंचमा आधारित रहेर हामीले हाम्रा होटल एवं रिसोर्टहरूको निर्माण गरिरहेका छौँ ।’ यो होटल सन् २०१८ को नोभेम्वरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ । हाल होटलमा आन्तरिक सजावटका कामहरू भईरहेका छन् । होटलमा सुइट सहित १११ रूम रहेका छन् ।

इन्डियन होटल्सका महाप्रबन्धक एवं कार्यकारी अधिकृत पुनित चटवालले भने – नेपालमा चौधरी ग्रुप जस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवर्धित आर एण्ड आर होटल्स एण्ड रिसोर्टसँग नयाँ होटेलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो । पर्यटकीय दृष्टिकोणले काठमाडौ प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिष्ट सर्किटको रुपमा जोड्ने हाम्रो चाहना पुरा हुनेछ ।

होटलको १० औँतलामा ‘इन्फिनिटी स्विमिङ पुल’निर्माण गरिएको छ । जुन नेपालका लागि संभवतःनयाँ अनुभव सावित हुनेछ । त्यसैगरि होटलमा २५ देखी ३५ बर्ष उमेर समुहका युवाहरूलाई लक्षित गरि रुफ टप बारको व्यवस्था मिलाइएको छ । जहाँ डिजेको प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिराहरू उपलब्ध हुनेछन् ।

सुविधा सम्पन्न लबि, क्याफे, डाईनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ । पार्किङ्का लागि बेसमेन्ट पार्किङको ब्यवस्था गरिएको छ । शारीरिक ब्यायामका लागि फिटनेस क्लब उपलब्ध हुनेछ । ब्यवसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टरको व्यवस्था मिलाइएको छ । सुरक्षाको प्रत्याभुतिको लागि सिसिटिभि एवं अन्य सुरक्षा तथा मानवीय सम्वेदनशिलतालाई ध्यानमा राखि अलाम, फायर एक्सटिङ्ग्युर तथा वाटर स्प्रिन्कल्स आदि सेवा उपलब्ध रहनेछन् । होटेलमै साउना, सैलुन र स्पाको ब्यवस्था मिलाइनेछ ।

चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाईलैण्ड, दुवई र भारतमा विख्यात होटल एवं रिसोर्टहरू संचालनमा छन् ।

आर एण्ड आर होटल्स एण्ड रिसोर्ट

आर एण्ड आर होटल्स एण्ड रिसोर्ट नेपालको हस्पिटालिटि क्षेत्रलाई नयाँ उचाई दिने अभिप्रायले सी जी हस्पिटालिटिको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो । यस कम्पनीको स्वामित्व नेपाललाई प्रतिनिधित्व गर्दै फोब्र्स लिस्ट पर्न सफल अर्बपति बिनोद चौधरीको ग्रुप हो । सी जी हस्पिटालिटि अन्तर्गत १२ देशका ,७० स्थानमा ९५ भन्दा बढि होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा छन । हाल सी जी गु्रपको मातहतमा सञ्चालित होटेलहरुको रुम क्षमता ५७ सय रहेको छ ।

सन २०२० सम्ममा सी जी हस्पिटालिटिको पोर्टफोलियोमा २०० भन्दा बढि होटेल पुर्याई विभिन्न २० देशका १ सय स्थानमा पुर्याउने लक्ष्य छ । होटेलको विस्तारसँगै रुमको क्षमता १० हजार पुग्नेछ ।

आर एण्ड आर होटेल्स एण्ड रिसोर्टको प्रबधक कम्पनीको रुपमा एनई गु्रपको शतप्रतिशत लगानी भएको सहायक कम्पनी शिबक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्राली रहेको छ । शिबक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्रालीको अध्यक्षता रभिभक्त श्रेष्ठ रहेका छन्।

द इन्डियन होटल्स कम्पनी लिमिटेड

द ईन्डियन होटल्स कम्पनी लिमिटेड र यसका सहायक कम्पनीहरु अन्तर्गत सिर्जना भएका बिभिन्न ब्रान्डहरुले विशेष भारतिय आतिथ्यत था विश्वस्तरिय सेवाप्रदान दिईरहेका छन । जस अन्तर्गत हस्पिटालिटि क्षेत्रमा परिचितताज, परिष्कृत ठुला होटेल तथा रिसोर्टको स्वामित्व भएको भिभान्त र बजेट होटेलको रुपमा परिचित जीन्जर ब्रान्ड रहेका छन ।

टाटा गु्रपका संस्थापक जमशेदजी टाटाले सन १९०३ बम्बईमा स्थापना गरेको द ताजमहल प्यालेश यस कम्पनीको पहिलो होटेल हो । हाल यस कम्पनी अन्तर्गत १७० होटेल विश्वको ४ महादेश, १२ देश र ८० स्थानमा सञ्चालित छन । त्यस्तै २५ होटेल निमार्णको चरणमा छन । बजार पुँजीकरणको आधारमा द ईन्डियन होटल्स कम्पनी लिमिटेड दक्षिण एसियाको ठुलो कम्पनीमा पर्दछ । कम्पनी भारतको बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जमा सुचिकृत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.