फोर्ड ग्लोवल क्यारिङ मन्थ मनाईँदै

  २०७५ असोज १४ गते २१:३७     विकासन्युज

काठमाडाैं । विश्वभर सप्टेम्बर महिनालाई फोर्ड ग्लोवल क्यारिङ मन्थको रुपमा मनाइँदै आएको छ । यस वर्ष पनि १३ औँ फोर्ड ग्लोवल क्यरिङ मन्थ विश्वभर मनाइँदै छ । यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौँ कर्मचारी, भूतपुर्व कर्मचारी र सर्वसाधारण जसलाई “फोर्ड स्वयँसेवक कोप्र्स ” पनि भनिन्छ । आम जनताको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न सामाजिक कार्यहरुमा व्यतित गरी मनाईँने गर्दछ

नेपालमा पनि सप्टेम्वर २८ र २९ का दिन राउण्ड टेबल नेपालको सहकार्यमा जि.ओ. फोर्ड नेपालका ३० जना स्वयंसेवकले नुवाकोटको ग्रामिण भेग, रातमाटेमा रहेको शिला देवी स्कुलमा आधारभुत स्वास्थ्य सम्वन्धि जानकारीका साथै ९ वटा शौचालय बनाई हस्तान्तरण गरिएको छ । साथै विद्यार्थीहरुलाई आधारभुत स्वास्थ्य शिक्षा सम्वन्धि जानकारी दिने देखि हात धुने तरिका वालवालिकाहरुको लागि कथा वाचन, स्वास्थ्य सम्वन्धि सरसामानहरुको हस्तानतरण रहेको थियो । यसबाट ३५० विद्यार्थी र २०० भन्दा बढि परिवारमा प्रत्यक्ष असर पुग्ने छ ।

शिला देवी स्कुल रातमाटेमा रहेका दुई स्कुल मध्ये एक हो, जुन २०७२ सालको भुकम्पमा भत्किएको थियो । राउण्ड टेवल नेपालले उक्त स्कुल मर्मत संभार गरेको थियो र थप जरुरत रहेका शौचालयहरु फोर्ड नेपालको सहकार्यमा निर्माण तथा हस्तान्तरण गरिएको छ ।
फोर्ड मोटर कम्पनीले विश्वभर रचानात्मक सामाजिक कार्यहरुमा हात बढाउदै आएको छ । र यस बर्ष ग्लोबल केयरिङ्ग मन्थ अन्र्तगत सामाजिक अभियानको लागि फोर्ड मोटर कम्पनीले ७ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने छ ।ं

जि.ओ. फोर्र्डका म्यानेजिङ्ग डाइरेक्टर आकाश गोल्छाले फोर्डले आयोजना गरेको “ फोर्ड ग्लोवल क्यरिङ मन्थ” कार्यक्रममा फोर्डका कर्मचारी र स्थानीय सहभागिता समेतको संलग्नतामा विभिन्न सामाजिक कार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

फोर्ड भोलिन्टियर्सहरुका लागि फोर्ड ग्लोबल केयरिङ्ग मन्थ एउटा बार्षिक उत्सवको रुपमा लिइन्छ । फोर्ड मोटर कम्पनीका अध्यक्ष जिम भेलाका अनुसार सेप्टेम्बर महिनाभर ६ महादेशमा छरिएर रहेका ३० हजार भन्दा बढी भोलिन्टियरले ६०० भन्दा बढी स्वयंसेवी आयोजनामा सक्रिय सहभागिता जनाएका छन् ।

यो स्वयँसेवी अभियान नेपालका अतिरिक्त एसिया प्यासिफिक क्षेत्रका भोलिन्टियरहरुले चीन, भारत, ताईवान, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स लगायत फोर्डको विक्री क्षेत्रहरुका मुलुकहरुमा पनि विभिन्न आयोजनामा सक्रियता पूर्वक सहभागिता जनाउने छन् । २००५ देखि शुरु भएको फोर्ड भोलिन्टियर कोप्र्सको सदस्यहरुले ५० देशहरुमा दश लाख घण्टा भन्दा बढी समय सामुदायिक सेवामा योगदान पु¥याएका छन् । जुन फोर्डले सामुदायिक सेवाका लागि ३० मिलियन डलर भन्दा बढीको लगानी गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.