१५ करोडमा रानीपोखरी निर्माण गर्न २ कम्पनीबीच प्रतिस्पर्धा, आगामी असारभित्रै काम सम्पन्न हुने

  २०७५ असोज १० गते १३:४८     खेमराज श्रेष्ठ

काठमाडौं । लामो समयको विवादपछि रानीपोखरीको पुर्ननिर्माण कार्य सुरु हुने भएको छ । पुन:निर्माणका लागि २ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको हाे । अनलाइन मार्फत आब्हान गएिको आवेदनमा  २ कम्पनीले रानीपोखरी बनाउन इच्छा देखाएका हुन् ।

पुर्ननिर्माणको लागि रविना कन्स्ट्रक्सन र वल्र्ड वाइड सुनकोसी कडेलले आवेदन दिएका छन् । दुई कम्पनीको हाल मूल्याङकन भैरहेको काठमाडौं महानगरका सह-प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार हाल दुई कम्पनीको मूल्याङकनको काम भैरहेको र केहि हप्तामै दुई मध्ये एक कम्पनीले पुर्ननिर्माणको जिम्मा पाउनेछ ।

छनोट भएको कम्पनीले मन्दिर बाहेक पोखरी र ग्रीनरीको काम गर्नेछ । १५ करोड लागत छुट्याइएको पुननिर्माण आगामी असारभित्रै निर्माण सम्पन्न हुने सह प्रवक्ता ढकालले बताए । उनका अनुसार पोखरीमा ताल निर्माण गरी दाँया-बाँया हरियाली बनाइनेछ । ताल निर्माण सम्पन्न भएपछि पोखरीमा पुन माछा समेत राखिनेछ ।

यसअघि ताल पुननिर्माण सुरु भएपछि माछा कमल पोखरी लगायत तालहरुमा लगेर राखिएको थियो । पोखरीको बिच भागमा मन्दिर भने पुरातत्व विभागले नै निर्माण गर्नेछ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ ।

रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो ।

विसं २०७२ को भूकम्पले विसं १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो ।देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.