पप्पुले तहल्का मच्चायो, अब लाइसेन्स खारेज गरौंः सांसद

  २०७५ असोज ९ गते १५:१४     विकासन्युज

काठमाडौं । ‘पप्पुमाथी यति धेरै प्रश्न उठेका छन, राष्ट्र बैंकले २ अर्बको नयाँ ठेक्का किन दिन लागेको ? पप्पुलाई जरिवाना गराएर लाइसेन्स रद्ध गरिनुपर्छ’, यो भनाई हो सांसद टोप बहादुर रायमाझीको । रायमाझीले पप्पु कन्स्ट्रक्सनको लाइसेन्स तत्काल खारेज गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिनुपर्नेमा समेत जोड दिए ।

संसदको विकास तथा प्रबिधी समितिको बैठकमा अर्का सांसद यज्ञराज सुनुवारले पनि पप्पुलाई तत्काल कारवाही हुनुपर्ने बताए । ‘पप्पुले तहल्का मच्चायो, तर त्यसैलाई अझ अरु ठेक्का पनि दिन आँटिएको छ, कारवाही गर्नुपर्ने कम्पनीलाई उल्टै नयाँ ठेक्का किन दिने ?’, सांसद सुनुवारले भने ।

सांसद दुर्गा पौडेलले पनि पप्पुको बदमासीमाथी प्रश्न गरिन् । ‘पप्पुले ठेक्का लिएर काम नगरेको पक्क हो, फेरी नयाँ ठेक्का किन दिन लागेको ? विकास समितिले छानविन गरेर निचोड निकाल्नुपर्छ’, पौडेलले भनिन् । उनले विकास निर्माणका काम रोक्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार विकास समितिमा किन भन्ने प्रश्न समेत गरिन् ।

विकास समिति सभापति कल्याणी खड्काले काम नगर्ने ठेकेदारले उन्मुक्ति नपाउने स्पष्ट पारिन् । उनले राम्रोसँग अध्ययन गरेर भरपर्दाे निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्न भौतिक मन्त्रालयलाई निर्देशन दिने पनि स्पष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.