कञ्चन डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने, पुँजी २ करोड ६५ लाख नाघ्ने

  २०७५ असोज ५ गते १४:२२     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभाश दिने प्रस्ताव राखेको हो ।

हाल बैंकको चुक्ता पुँजी २ करोड ५३ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ करोड ६५ लाख रुपैयाँ नाघ्ने छ । बैंकले रुपैयाँको आधारमा ३ करोड १८ लाख १४ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चाल समितिको बैठकले गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.