बेनी नगरपालिकाको सहरी विकास योजना बनाइदै

  २०७५ असोज ३ गते १०:५८     विकासन्युज

काठमाडौं। बेनी नगरपालिकाको एकीकृत शहरी विकास योजना तयार पारिने भएको छ। शहरी विकास तथा भवन विभागको प्राविधिक सहयोगमा नगर क्षेत्रको एकीकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो ।

योजना तयार पार्न मङ्गलबार भएको कार्यक्रमपछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगरस्तरीय एकीकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको छ । इञ्जिनीयर विमलरञ्जन कार्की सदस्यसचिव रहेको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुसाललगायत दशवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहेका छन्न।

योजनामा नगरपालिका क्षेत्रका हालको सडक, खानेपानी, ढल निकास, भवनलगायत पूर्वाधारको अवस्था र आवश्यकता समावेश गरिनेछ । नगरपालिकाका दश वडालाई चार समूहमा विभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडास्तरबाट सुझाव सङ्कलन गरिने नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए। योजना निर्माणपछि नगरक्षेत्रमा पूर्वाधार विकासलाई दिगो, व्यवस्थित र दीर्घकालीन बनाउन सहयोग पुग्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.