पन्चर ग्यारेन्टी र आयु मेसिनबाटै हेर्न मिल्ने टायर ल्याउँदै छौं: सुरेन्द्रकुमार उप्रेती

  २०७५ भदौ २९ गते १७:१२     विकासन्युज

सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष नाडा, प्रवन्ध निर्देशक एसटीसी

हामीले विगत १९ वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका टायर, ट्यूव, स्पेयर र ल्यूव जस्ता सवारी साधनमा लाग्ने पार्टपुर्जाहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेका छौं । हामीले नेपाली बजारका ९० प्रतिशत हिस्सा ओगटेका छौं । ल्यूब्रिकेन्ट व्यवसायबाट सुरु गरेर १४ वटा कम्पनी विकास गरिसकेका छौं । हाम्रो ४ प्रदेशमा शाखा रहेको छ । ति शाखाबाट करिब ५०० खुद्रा बिक्रेतालाई सेवा दिइरहेका छौं । त्यस्तै १२४ भन्दा बढी हाम्रा डिलरहरु रहेका छन् ।
बजारमा उत्पादन राम्रो भएर नै हाम्रा ग्राहक सन्तुष्ट रहेका छन् । हामी सेवा प्रदायक कम्पनी भएकाले अरुले भन्दा राम्रा सेवा प्रदान गर्दै आइरहेका छौं । कम्पनीलाई डिजिटल मोडलमा सञ्चालन गरिरहेका छौं । कुनैपनि ग्राहकले हाम्रो सामाग्री बुकिङ गर्नु परेमा एप्सबाटै गर्न सक्नेछन् । अनलाइनमा हाम्रो सम्पुर्ण उत्पादनको बारेमा उल्लेख गरिएको सोहि मेन्यू हेरेर अर्डर गर्न सक्छन् ।

हामीसँग रहेका सबै ग्राहकहरु गुणस्तरमा नै विश्वास गरेका हुन्छन् । यदि कुनै टायर करौतिले काटेर ल्याए पनि हामी सजिलै परिवर्तन गर्दिन्छौं । हाम्रो उत्पादनमा हामी पुर्ण ग्यारेन्टी दिन्छौं । टायर भनेको खिएर सकिनु पर्छ, यो अन्य कुनै कारणले सकिनु हुदैंन । ग्राहकले खिएको मात्र पैसा तिर्ने हो, अरु हामी ग्यारेन्टी गर्दछौं ।

हामीले स्कुटरदेखि अटो रिक्सासम्म सबै किसिमका सवारी साधनको टायर बिक्री वितरण गर्दछौं । हामीले ट्यूव ट्यूवलेस सबै प्रकारका टायरहरु बिक्री गर्दै आएका छौं । नेपालमा पहिलो पटक २ प्रकारका टायर ल्याउँदैछौं । जुन १०० प्रतिशत पन्चर प्रुफ, तपाईले किला ठोकेर निकाल्दा पनि केहि नहुने टायर ल्याउँदैछौं । अर्को हामीले टायरभित्र यस्तो सेन्सर जडान गर्दैछौं जसले टायर कुन कन्डिसनमा गुडिरहेको छ भन्ने जानकारी दिन्छ । अहिलेकै अवस्थामा टायर कति किलोमिटर गुड्न सक्छ भन्ने कुरा सबै अग्रिम थाहा पाउन सकिन्छ । टायर कति पटक खाल्डाखुल्डीमा पर्यो भन्ने सबै रेकर्ड हुन्छ ।

यसको लागि अहिले हामीले जर्मनमा टेष्ट गरिरहेका छौं । यो प्रविधिको टायर नेपालमा आइपुग्न ८ महिना जति लाग्नेछ । संख्याको हिसाबले मोटरसाइकलको टायर बिक्री हुने भएपनि हेभी सवारी साधनको टायरले नै धेरै व्यापारको भाग ओगट्ने गर्दछ । मोटरसाइकलमा २ वटा मात्रै टायर लाग्छ । उदाहरणको लागि एउटा समान्य ट्रकमा १२ वटा टायर लाग्छ । यो वर्ष हामीले नाडा अटो शोमा भाग लिएनौं । विगतका वर्षहरुमा हामीले राखेका थियौं तर कम्पनीको मापदण्ड पुरा गर्न नसक्दा हामी समस्यामा पर्यौ । (कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.