हुण्डाइकाे आइओनिक कार १ रुपैयाँ ५० पैँसा चार्जले १ किलोमिटर गुड्छ 

  २०७५ भदौ २९ गते १२:२८     विकासन्युज

लोडसेडिङ हटेपछि नेपालमा पनि विद्युतीय सवारीसाधन ( इलेक्ट्रिक) कार चढ्नेको संख्या  बढ्दै गएको छ । इन्धनको हिसाबले सस्तो पर्ने र प्रदुषण कम गर्नेछ । कोरियाको गाडी निर्मार्ता हुण्डाइले नाडा अटो शोमा विभिन्न मोडेका अतिरित्त विद्युतीय कार सार्वजनिक गरेको छ । हुण्डाइले नेपालमा भित्राएको विभिन्न गाडीका विषयमा उपमहाप्रवन्धक रुपेश शर्मा भट्ट र सहायक महाप्रबन्धक दिपक थपलियासँग विकासन्यूजले गरेको कुराकानी:

नाडा अटो शो सुरु भएयता कति वटा कार बुकिङ  भएका छन् ?

हाम्रो कति गाडी बिक्री भयो भनेर नाडा अटो शोपछि मात्रै सार्वजनिक गर्छौ ।

अन्य ब्राण्डका गाडी भन्दा हुन्डाईमा फरक के छ ?

हुन्डाईले नेपालमा सबै भन्दा धेरै कार बिक्री गरेको छ । हामीले यो मेलामा सबैलाई हुन्डाईको बारेमा जानकारी दिनेछौं । अरु गाडीले भन्दा हाम्रो कम्पनीका गाडीहरुले राम्रो माइलेज दिन्छन । उपभोत्ताका चाहना बमोजिम सस्तोदेखि धेरै मूल्यसम्मका गाडी छन् । मूल्यका कुरा गर्दा न्युनतम १८ लाख ९५ हजारदेखी १ करोड २२ लाख ९६ हजार रुपैयाँ सम्मका छन् । हाम्रो कम्पनीमा सानो रेन्जदेखी ठुलो रेन्जसम्मका गाडी छन् । हामीले १० प्रकारका गाडी बिक्री गरिरहेका छौँ । त्यसैले पनि हाम्रो गाडीहरु लोकप्रिय भएका हुन ।

हुन्डाईको गाडीमा के के फिचर्स छन ?

हाम्रो गाडीहरुमा ग्राहकले रोजे र खोजे जस्तो फिचरहरु छन् । हाम्रो कम्पनीले ग्राहकको रोजाइअनुसार गाडी उत्पादन गरिरहेको छ । आधुनिकतालाई हुन्डाईले आत्मासाथ गरिरहेको छ । उपभोत्ताले खोजने सबै प्रकारको फिचर हुण्डाइ गाडीमा छ ।

हुन्डाई ब्रान्डको सेल्स र सर्भिसलाई सगै लान्छु भनुभयो, कसरी ?

हामीले गाडी मात्रै बिक्री गरिरहेका छैन । हामीले जति ठाउँमा सोरुम खोलेको छौं त्यती नै ठाँउमा सर्भिस सेन्टर पनि खोलेका छौँ । हाम्रो ब्रान्डको गाडीहरुको पाटपुर्जा पनि सहज र सरल तरिकाले उपलब्ध छ । ग्राहकले काठमाडौमा जस्तो सेवाको अनुभब गर्नु भएको छ । त्यो अनुभब देशै भरिका ग्राह्कले पाएका छन् ।

नाडा र दशैतिहारमा हुन्डाईले कस्तो अफर दिएको छ ?

हामीले सेप्टेबर ७ बाट नै अफर सुरु गरिसकेका छौँ । हरेक गाडीको डिस्काउन्ट फरक फरक छ । स्क्याच कार्डबाट २५ हजार देखी १ लाख रुपैयाँसम्म र १ वर्षको बीमा र सडक कर हामीले नै तिरेका छौँ । नाडामा हामीले अझ १५ हजार थपेका छौँ ।

हुन्डाईले आइओनिक नयाँ विद्युतीय गाडी पनि ल्याएको छ । यो कस्तो कार हो ?

हुन्डाईले नयाँ विद्युतीय गाडी नाडा अटो शोमा ल्याएको छ । यसको बजार मूल्य ५२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिन्छ । नेपालको भौगोलिक अवस्थाको कारण विद्युतीय गाडीहरु व्यवसायिक रुपमा सफल भएका छैनन, यसमा आइओनिक सफल हुने छ । विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ । यो कार १ रुपैँया ५० पैंसा बराबरबको विद्युतको चार्जले १ किलोमिटर गुडछ ।

यो कार चार्ज हुन कति समय लाग्छ ?

यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.