महालक्ष्मी विकास बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

  २०७५ भदौ १९ गते १८:१७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् ।

साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२ र १० प्रतिशत छुट पाउने छन् । बैंकले आफ्ना संस्थापक/सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ प्रतिशत छुट दिने सम्झौता गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.