ग्लोबल आइएमई बैंकका ग्राहकले विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने

  २०७५ भदौ १८ गते १२:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले धरानको विजयपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न उपचारसेवामा सो मात्राको छुट पाउने भएका हुन् ।

अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंकको शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.