मन्त्रीलाई लिएर माधव नेपाल बिहानै सडक अनुगमनमा

  २०७५ भदौ १० गते ९:४५     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठलाई लिएर माधव नेपाल सडक अनुगमनमा चावहिल-जोरपाटी -साँखु सडक पुगेका छन् ।

१५ दिन अघिदेखि सुरु भएको सडक अनुगमन आइतबार दोहोरिँदा पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता नेपालले स्थानीय बासिन्दाहरुको गुनासो समेत सुनेका थिए ।

१५ दिन भित्र सडकलाई धुलो, हिलो र खाल्डाखुल्टी मुक्त बनाउने ठेकेदारको प्रतिवद्धता थियो । मन्त्री महासेठ, सडक विभागका कर्मचारीलाई लिएर अनुगमनमा निस्किएका माधव नेपालले नागरिकले महसुश गर्न सक्ने गरि काम अघि बढाउन निर्देशन पनि दिए ।

मन्त्री महासेठले भने १५ दिनका बीचमा सडकको अवस्था सुध्रिएको दावी गरेका थिए । उनले सडकको अवस्थामा सुधार भयो वा भएन त्यसको मूल्यांकन नागरिक र मिडियाले गर्नुपर्ने बताएका थिए ।

माधव नेपालले चावहिल जोरपाटी साँखु सडकको विस्तारमा विगतदेखि नै बिशेष ध्यान दिँदै आएका छन् । उनले हरेक १५ दिनमा मन्त्रीलाई साथै लिएर सडक अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साँखु सडक खण्ड माधव नेपालको निर्वाचन क्षेत्रमा पर्छ । मन्त्री महासेठले पनि नेता नेपालसँगै आफु पनि सडक अनुगमनमा निस्कने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.