आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच क्यासलेस सम्झौता

  २०७५ भदौ ७ गते १३:०४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेजको तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म वीरगंजको पर्सामा रहेको नेशनल मेडिकल कलेजबाट नगद रहित अन्तरंग सेवा पाउने छन् ।

इन्स्योरेन्सले स्वास्थ्य सेवामा ग्राहकको पहुँच सजिलो बनाउने लक्ष्यका साथ नगद रहित अन्तरंग सेवा(हस्पिटलाईजेसन) स्वास्थ्य बीमा योजना अगाडि ल्याएको हो । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने इन्स्योरेन्सको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.