सांग्रिला डेभलपमेन्ट बैंकमा सीईओ र डेपुटी सीईओ पद रिक्त, सुयोग श्रेष्ठ सीईओ बन्दै

  २०७५ भदौ ७ गते १३:०२     विकासन्युज

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डपुटी सीईओ दुबै पद खाली भएको छ । प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल गत असार अन्त्यमा सकिएको हो भने डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिई प्रभु बैंकको सीसीओमा नियुक्ती पाएका छन् ।

पौडेलले उक्त संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा चार कार्यकाल काम गरिसकेका थिए । राष्ट्र बैंकको नियम अनुसार उनलाई पुर्ननियुक्ती गर्न नमिल्ले अवस्था थियो ।

पौडेलको अवकासपछि डेपुटी सीईओ दिनेश थकालीले राजीनामा दिएका छन् । थकालीलाई सीईओ बनाउने विषयमा सञ्चालक समितिमा एक मत हुन नसकेपछि उनले राजीनामा दिएका थिए । उनी प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतमा नियुक्त भैसकेका छन् ।

स्रोतका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सुयोग श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरिरहेको छ । ‘निर्णय भएको छैन तर छलफल सकारात्मक छ । यसै साता निर्णय हुन्छ’ सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

श्रेष्ठ यसअघि लामो समय एस डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उक्त बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएपछि श्रेष्ठ खाली थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.