त्रिविमा घोटाला भएको भन्दै अख्तियारले छानविन गर्नुपर्ने नेविसंघको माग

  २०७५ भदौ ६ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय(त्रिवि) समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्रिवि समितिले पत्रकार सम्मेलन गरेर युएसए आईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हाे ।

उनले भने- “हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरु विद्यार्थीको हक र हितको पक्षमा बन्न सक्नुपर्छ भन्ने हो । अध्ययन अनुशन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ भन्ने हो । त्रिविको लोगो र स्ट्याम समेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन् ।”

त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ । नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाईने भनिएको छ, तर युएसएआईडीसंग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ? कति आर्थिक दुरुपयोग भयो ? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ ।

आफूहरुले मानव संकाय प्रमुख प्रा.डा.लयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भनेर आग्रह गर्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गर्दै आचार्यले भने,‘राजिनामा दिएर पन्छिन मिल्दैन । त्यो समाधान होईन, त्रिविलाई राम्रो र हाम्रो बनाउने हो भने त्रिविका कार्यकारी पदमा रहेका विशिष्ट व्यक्तिदेखि कर्मचारीसम्मले सच्चिनुपर्छ, यो नेविसंघको माग हो ।

नेपाल, नेपाली र त्रिविको हितविपरित विदेशी संस्थाहरुबाट आएका कुनैपनि प्रोजेक्टलाई त्रिविका पदाधिकारीहरुले अस्वीकार गर्नुपर्ने आफूहरुको माग गरहेको उनले बताए । उनले कार्यकारी परिषदको स्वीकृति बिना कुनैपनि विदेशी अनुदान लिएर अनुशन्धान लगायतका अन्य कार्यक्रमहरु गर्न नपाईने पनि बताए ।

त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडा भन्दा कडा कानूनी कारबाही हुनुपर्ने पनि आचार्यले बताए । उनले भने, ‘कुनै बेला ४ हजार विद्यार्थीहरुले मानवशास्त्र पढ्ने गर्दथे, तर आज ४ जना विद्यार्थी मुस्किलले भेटिन्छन्, कसका कारणले यो स्थिति आयो ? त्रिविले यसबोरमा कुनै चिन्ता गर्नुपर्दैन् ? एउटा प्राध्यापक भएरपनि विदेशी एनजिओको पैसा खाएर बस्ने ? कुनै नैतिकताले उहाँहरुलाई छोएकोजस्तो देखिदैन।’

कार्यक्रममा नेविसंघ त्रिविका उपाध्यक्षद्धय रोहन महतारा र दिनेश लामिछाने, सचिव दुर्गा घिमिरे, नेता वसन्त  पौडेल लगायतले त्रिविका समस्याहरु समाधान गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.