युएस बंगला बिमान दुर्घटनामा दोषी राडार कर्मचारीलाई कारवाही गर्न माग

  २०७५ भदौ ४ गते १७:३९     विकासन्युज

काठमाडौं । पब्लिक ईनोभेटर ईञ्जिनियर दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पर्यटन मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्रिभुवन विमानस्थलको राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएकाले युएस बंगला बिमान दुर्घटना भएको आरोप लगाउँदै उनले ती कर्मचारीलाई कारवाही गर्न माग गरेका हुन् ।

युएस बंगला बिमान दुर्घटनामा बिमानस्थलका राडार कर्मचारी दोषी रहेको दावी उनले गरेका छन् । सो दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो । राडार कर्मचारीको गतल सूचनाका कारण नै सो बिमान दुर्घटनामा परेको उनको निष्कर्ष छ ।

त्रिभुवन विमानस्थलको धावन मार्गलाई तत्काल अन्र्तराष्ट्रियस्तरको बनाउनुपर्ने पनि कंडेलले ज्ञापनपत्र मार्फत माग पनि गरेका छन् । कंडेलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘यदि उक्त धावन मार्गलाई अन्र्तराष्ट्रिय स्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि यात्रा नगर्न मेरो विनम्र अनुरोध छ ।’

जवाफमा मन्त्री अधिकारीले कंडेलले उठाएका मागहरु जायज रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गलाई आवश्यक सुधार गर्न टेण्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए । उनले विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै घटेको उक्त घट्नाबारे आफूलाई पनि जानकारी भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएकोमा कंडेललाई धन्यवाद समेत दिए ।

त्यस्तै हालै त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घट्नाको प्रतिवेदनपनि विलम्ब नगरी बाहिर ल्याउनको लागि कंडेलले मन्त्री अधिकारीसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.