माछापुच्छ्रे बैंकका ग्राहकले पनि अब कनेक्ट आईपीएसको सेवा लिन पाउने, कसरी लिने ?

  २०७५ साउन २८ गते १६:१०     विकासन्युज

काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकले पनि कनेक्ट आईपीएसको सेवा लिन पाउने भएका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएसको सदस्य लिए पछि ग्राहकले उक्त सेवा लिन पाउने भएका हुन् ।

उक्त सेवा मार्फत बैंकका बैंकका ग्राहकहरुले भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर, बिल भुक्तानी, सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्नेछन् ।

यो सेवा उपयोग गर्न ग्राहकहरुले कनेक्ट आईपीएसमा रजिस्टर गनुपर्नेछ साथै रजिस्ट्रेसनको क्रममा दिएको फारम भरेर बैंकमा बुझाउनुपर्नेछ । सेवा सुचारु भएपछि ग्राहकले कनेक्ट आईपीएसको वेबसाईटमा गई एक लाख सम्मको बिल भुक्तानी र रकमान्तर गर्न सक्नेछन् ।

यदि हितग्राही पनि कनेक्ट आईपीएसकै यूजर भएमा हितग्राहीको मोबाईल नम्बर वा खाता नम्बर प्रयोग गरी रकमान्तर गर्न सकिने बैंकले जनाएको छ । नेपाल सरकारको राजश्व समेत भुक्तानी गर्न सकिने यो सेवा २४सै घण्टा उपलब्ध हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.