नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ साउन २४ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत एसके रावलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.