एनएफआरएसले वित्तीय विवरण सार्वनिक गर्न ढिलाइ, राष्ट्र बैंकले थप्यो १५ दिन

  २०७५ साउन १४ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई वित्तीय विवरण प्रकाशन गर्न १५ दिन थपेको छ । नेपाल फाइनान्सिङ रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार वित्तीय प्रतिवेदन तयार पार्दा ढिलाइ भएको गुनासो बैंकले गरेपछि केन्द्रीय बैंकले १५ दिन समय थप गरी साउन ३० गतेसम्म पुर्याएको हो ।

यसअघि साउन १५ गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । नेपाल बैंक र सिटिजन्स बैंकले सार्वजनिक गरेको वित्तीय विवरण एनएफआरएस मापदण्डअनुसार नभएपछि पुनः प्रकाशित गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । वित्तीय विवरण तयारीमा ढिलाइ भइरहेको बैंकहरुले जनाएका छन् । साउन १५ गतेसम्मको ब्याज आम्दानी असारमसान्तसम्म गणना गर्न पाइने भएपछि बैंकहरु १५ गतेसम्म कुरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.