नेपाल बैंकको एफपीओ आधा बिकेन, कर्मचारी संचय कोषले गर्यो १ अर्ब लगानी

  २०७५ साउन १३ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको थप सेयर निष्कासन (एफपीओ) ५५ प्रतिशत मात्र बिक्री भएको छ । अझै ४५ प्रतिशत बिक्री हुन बाँकी छ ।
अन्तिम दिन २३ हजार ७०० आवेदकले २ अर्ब ७१ करोड रुपैयाँको एफपीओ माग गरेका छन् । अझै २ अर्ब २४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ ।

कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ लगानी गरेपछि बैंकको एफपीओ ५५ प्रतिशत बिक्री भएको हो । शुक्रबारसम्म बैंकको ६९ लाख २८ हजार रुपैयाँ बराबरको मात्र एफपीओ बिक्री भएको थियो ।

साँझसम्म डाटा इन्ट्रि हुने भएकाले एफपीओको आवेदन अझ बढ्ने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंक प्रमुख सुजन अधिकारीले बताए ।बिक्री हुन बाँकी रहेको एफपीओको विषयमा निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए ।

बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।
बिक्री नभएको एफपीओ ८ वटा मर्चेन्टले बैंकले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् ।

सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् ।

बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.