ज्योति विकास बैंक ११औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना

  २०७५ साउन ९ गते १८:४०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्नो सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

साथै, बैंकले हालै मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोकालाई बैंकमा रोजगारी प्रदान गर्ने भएको छ । त्यसैगरी, हाल उनी सँगै रहेका बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्चका लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ ।

साथै बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै, बैंकको वर्दिबास शाखाबाट पनि धनुषामा अवस्थित लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।

सो अवसरमा बैंकले ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ । १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.