२०७५ असार ३२ गते १८:४४ विकासन्युज
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो ५६औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको(आइक्यान) परिसरमा उक्त सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले संयुक्त रूपमा गरेका हुन् । साथै यस एटीएम सेवाबाट सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने बैंकले जनाएको छ ।
हाल बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.