नबिल बैंकले ६०० जना कर्मचारीलाई तालिम दिने

  २०७५ असार २८ गते १८:१८     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्रार्ष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्धारा संचालित उक्त कोर्समा सो मात्राको कर्मचारीहरुलाई तालिम दिन लागेको हो ।

नबिल बैंक मौद्रिक नीति २०७/७६मा उल्लिखित बैंक कर्मचारी तालिम सम्बन्धि प्रावधान कार्यान्वयन गर्ने प्रथम बैंक भएको छ । बैंकले बुधबार जारी भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुलाई तालिम दिन लागेको हो ।


नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)बीच बिहीबार सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्तारक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.