शाखारहित बैंकिङ्ग संचालन ग्लोबल आइएमई बैंकले पार गर्यो कोशेढुङ्गा, सेवा संख्या १०० पुग्यो

  २०७५ असार २५ गते १६:१८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्गा पार गरेको छ । बैंकले सोमबार(आज) आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संचालनमा ल्याएर बैंकले कोशेढुङ्ग पार गरेको हो ।

बैंकले सोमबार एक समारोहकाबीच सुनसरी जिल्लाको कालाबन्जरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सेवा शुरु गरेको हो । उक्त सेवाको उद्घाटन सुनसरीकी १०५ वर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबर्धन, मिडिया एवम् ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरेका हुन् । बैंकले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै आफ्नो १००औँ शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट उद्घाटन गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

हाल १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.