मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रिद्धिसिद्धि ज्वेलर्सबाट सुन तथा हिरा किन्दा विशेष छुट

  २०७५ असार २० गते १३:१८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले रिद्धिसिद्धि ज्वेलसबाट सुन खरिद वा बनाउँदा विशेष छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच बैंकका ग्राहकलाई सुन खरिदमा २० प्रतिशत र हिराको गहनामा १५ प्रतिशसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट ग्राहक सेवातर्फका प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल ८२ वटा शाखा, १३ वटा एटिएम र तीन लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.