ग्लोबल आइएमई बैंक र ओम हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

  २०७५ असार १८ गते १७:२०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने सम्झौता भएकाे छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ्ग विभाग प्रमुख रविन्द्र ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष भोला रिजालको विशेष उपस्थिति रहेको थियो ।

उक्त सम्झौता पश्चात ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष छुट पाउने छन् ।

बैंकले ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ९३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.