नेपाल बैंकको सेयर एफपीओको मूल्य नजिक, सोमबार २८४ रुपैयाँ

  २०७५ असार १८ गते १५:५३     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य थप निष्कासन (एफपीओ) नजिक आएको छ ।  सोमबार बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २८४ रुपैयाँमा झरेको छ । बैंकले बिक्री खुला गरेको एफपीओको मूल्य २८० रुपैयाँ छ । एफपीओ भन्दा सेयरको मूल्य ४ रुपैयाँ मात्र बढी छ ।

एफपीओ ल्याउने भएपछि बैंकको सेयर मूल्य निरन्तर गिरावट आएको छ । यही अवस्था जारी रहे मंगलबारदेखि एफपीओको भन्दा सेयरको मूल्य कम हुने देखिएको छ । बैंकको एफपीओलाई लगानीकर्ताले पत्याएको छैनन् । खुलेको २ दिनमा बैंकको १४ करोड रुपैयाँ बराबरको मात्र एफपीओ बिक्री भएको छ ।

बैंकको गत बैंशाख ९ गते प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भइरहेको थियो । त्यसपछिको अवधिमा बैंकको सेयर मूल्य ८४ रुपैयाँ घटेको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.